काठमाडौं । वरिष्ठ सौन्दर्यविद् एवम् समाजसेवी सुष्मा महरालाई ‘राष्ट्रिय उत्कृष्ट महिला उद्यमी सम्मान–२०७९’ बाट सम्मान गरिएको छ ।
नेपालको नम्बर १ ब्युटी सैलुन फेसियल हाउसकी प्रबन्ध निर्देशक समेत रहेकी महरालाई तिलक फिल्मस प्रालिले उक्त सम्मान प्रदान गरेको हो । गणतन्त्र दिवस २०७९ को पूर्वसन्ध्यामा तिलक फिल्मसले आज शनिबार काठमाडौमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा कलाकारको भूमिका’ विषयक विचार गोष्ठी तथा शुभकामना विशेश सांस्कृतिक समारोहमा महरालाई उक्त सम्मान प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले महरालाई सम्मानपत्र प्रदान गरेका हुन् । फेसियल हाउस सौन्दर्य क्षेत्रको अग्रणी सेवामुलक व्यापारिक संस्था हो । यसले ब्यूटीसियन तथा हेयर डिजाइनरलाई हेयर स्टाइलसम्बन्धी एडभान्स शीप उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै फेसियल हाउसले नयाँ सौन्दर्य प्रविधिहरु पनि नेपालमा भित्र्याएको छ । टाटु रिमुभर लेजर मेसिन, हेयर, व्युटी र स्किन केयरसम्बन्धीका मेशिनहरू भित्र्याएको छ भने कृत्रिम परेला पत्यारोपण, आइलाइसिस एक्सटेन्सन माइक्रोबेडिङ, जेलनेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन र डेडलक जस्ता थुप्रै नयाँ सेवाहरू प्रवाह गर्दै आएको छ । साथै फेसियल हाउसले व्युटी ट्रेनिङ सुविधा पनि दिँदै आएको जानकारी दिएको छ ।
छाला र कपाललाई दृष्टिगत गर्दै चीन, मलेशिया, कोरिया र थाइल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ ।
सुन्धारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसमा एकै पटकमा ५० जनालाई स्तरीय सेवा दिन सकिने क्षमतामा विस्तार गरिएको बताइएको छ । फेसियल हाउसका काठमाडौंमा तीन वटा र काठमाडौंबाहिर दुई वटा आउटलेट सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS