काठमाडौं । नेपालकै उत्कृष्ट ब्यूटी सैंलुन फेसियल हाउसले मुख्य कार्यालय काठमाडौं मलमा स्थापनाको १५औँ वर्ष मनाएको छ ।
विभिन्न उपलब्धि र चुनौतीका बाबजुद नेपालकै नंम्बर १ ब्यूटिपार्लर बन्न सफल फेसियल हाउस १५ औं वर्षमा आइपुग्दा आफ्नो छुट्टै नाम र सान स्थापित गर्न सफल भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा नेपाल महिला चेम्वरकी अध्यक्ष उर्मिला श्रेष्ठ, विशेष अतिथि नेपाल सुन चाँदी तथा रत्न आभुषण संघका अध्यक्ष जोत्सना श्रेष्ठ , नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, राजनीतिक विष्लेषक प्रकाश रायमाझी लगायत कलाकार र पत्रकारहरूको उपस्थिती रहेको थियो ।
१५ वटा केक काटेर सेलिव्रेशन गरिएको बार्षिकोत्सवमा फेसियल हाउसकी प्रबन्धक निर्देशक सुष्मा महराले आगामी दिनमा फेसियल हाउसलाई नेपालका ७७ वटै जिल्लामा बिस्तार गर्ने योजना समेत रहेकाे बताएकि छन् ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सयौंको संख्यामा महिला दिद बहिनीहरुलाई रोजगारी दिनु सामान्य कुरा नभएको बताउनुका साथै महिला चेम्बरले आगामी दिनमा फेसियल हाउससँग सहकार्य गर्ने सक्ने बताएकि छन् ।
त्यस्तै, यो अवधिमा यस पार्लरको ब्राण्ड नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमा पनि लोकप्रिय बनिसकेको राष्ट्रिय उपभोक्ताा मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् । उनले केहि वर्ष अगाडी फेसियल हाउस बन्द नै गर्ने किसिमको प्रहार भएको स्मरण गर्दै सुष्मा महराको आत्मविश्वासका कारण नै हामि अझै ठुलो फेसियल हाउसमा १५ औं वार्षिक उत्सब मनाइरहेको छौं” ।
राजनीतिक विश्लेषक प्रकाश रायमाझीले धमाधम मानिसहरु विदेश पलायन भैइरहेको बेला रोजगारीयुक्त व्यवसाय सञ्चालन गर्नु नै पौरखि हातहरु भएको र यस्तै पौरखि हातहरुको प्रयासले नै देश समृद्ध तिर जाने बताए । सबै प्रकारका सौन्दर्य सेवा एकै ठाउँमा प्राप्त गर्न सकिने फेसियल हाउसमा गुणस्तरीय सौन्दर्य सामाग्री प्रसोधनगरी मात्र प्रयोग गरिने भएकाले सबै ग्राहकको पहिलो रोजाईमा पर्न सफल भएको हो ।
अनुभवी तथा दक्ष सौन्दर्यकर्मीबाट सेवा प्रदान गरिने ब्युटिपार्लरका सेवाहरु सबै उत्कृष्ट नै छन् । अनुहार र कपालमा रहेका समस्यालाई फेसियल हाउसकी सञ्चालक बरिष्ठ सौंन्दर्यविद सुष्मा महरा आफैले स्कीन टेस्ट र हेयर टेस्ट हेर्ने भएकाले पनि समस्या लिएर आउने ग्राहकहरुको भिड बढिरहेको छ । उनले आफ्नो त्वचाको स्याहार कसरी गर्ने भन्ने बारे सल्लाह सुझाव दिनुका साथै अचुक उपाय फेसियल हाउसमा गरिने हेयर स्ट्रेट र हेयर कलर पनि लामो समयसम्म टिक्ने गरेका कारण पनि फेसियल हाउस आफुहरुको रोजाईमा परेको सेवाग्राही बताउँछन् ।
प्रधान कार्यालय काठमाडौंको सुन्धारामा रहेको फेसियल हाउसले सिटिसी मल, चावहिल, पोखराको टे«ड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीबाट आफ्नो सेवा दिइरहेको छ ।
ट्याटू रिमुुभर, लेजर मेसिन, हेयर, व्यूटी र स्किन केयर मेसिन, स्किन टेष्ट, कृत्रिम परेला प्रत्यारोपण(आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअफ, पेयर सिन, डेडलक, हाईट्रा फेसियल जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरु फेसियल हाउसमा उपलब्ध छन् ।
FACEBOOK COMMENTS