आश्विन २,काठमाडौँ । एउटा भारतीय औषधि कम्पनीको उत्पादन गरेको र नेपाली बजारमा आइपुगेको एन्टिबायोटिक नक्कली पाइएपछि नेपालमा गुणस्तरहीन औषधि र स्वास्थ्य सामग्री विक्री भइरहेको हुनसक्ने चिन्ता व्यक्त हुन थालेको छ।
स्वास्थ्य सामग्रीलाई व्यापारको साधन बनाएर महँगो मूल्य लिने र गुणस्तरहीन सामग्री वितरण गर्ने क्रम बढेको खबर आईरहदा नक्कली औषधि पाइएको विवरण आएको हो ।
भारतको गुजरातमा मुख्य कार्यालय रहेको युमेडिका ल्याबरोटरिजले उत्पादन गरेको एउटा औषधि नक्कली भेटिएपछि उक्त औषधिको विक्री वितरणमा सरकारले प्रतिबन्ध लगाइदिएको छ।
तर उपभोक्ता अधिकारकर्मीले अझै बजारमा गुणस्तरहीन र नक्कली औषधि हुनसक्ने चिन्ता व्यक्त गर्दै सरकारी अनुगमनको प्रभावकारितामाथि प्रश्न उठेको छ । यद्यपि सरकारी अधिकारीहरू औषधि र स्वास्थ्य सामग्री नियमनका लागि पर्याप्त जनशक्ति नभएको बताउँछन्।
यसरी खुल्यो नक्कली औषधिको रहस्य
विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार काठमाण्डू उपत्यकाको एउटा औषधिपसलेले एउटा औषधिको लेबलमा अर्को औषधि आएको पत्ता लगाएका थिए।
उसका अनुसार युमेडिको कम्पनीको युजोलाइन-१००० नामक एन्टिबायोटिक औषधिको लेबलमा अर्कै औषधि राखेर बजारमा विक्री गरेको पाइएको थियो।लेबल लगाएकोमा सेफोरक्सिनुवालाको लेबल लगाएछ तर भित्र चाहिँ सेफाजोलिन भन्ने उत्पादन राखेछ,हामीले विभिन्न सङ्क्रमणबाट बच्न र शल्यक्रियाका बेलामा समेत प्रयोग हुने उक्त औषधि नै नक्कली हुनु भनेको गम्भीर गल्तीू भएको उनको भनाइ रहेको छ ।
कसरी जोगिने ?
महानिर्देशक ढकालका अनूसार औषधि सिफारिस गर्ने चिकित्सक, औषधि बिरामीलाई दिने नर्सदेखि औषधि पसले पनि सचेत हुनुपर्ने औषधि किन्दा जहिले पनि त्यसको लेबल हेर्ने । लेबल मेटिएको वा पछि छाप लगाएको जस्तो देखिएमा त्यस्तो औषधि नलिने किन्दा उपभोग्य मिति जहिले पनि हेर्ने साथै नाम र ब्याच नम्बर उल्लेख गरेर बिल लिने गर्ने बानीले गर्दा यदि नक्कली औषधि परेको खण्डमा उजुरी गर्ने प्रमाण हुने बतानुभयो ।
FACEBOOK COMMENTS