काठमाडौं । पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) प्रकरणमा ३२ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) तथा काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रवि घिमिरे समेतको प्रहरी प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध आज आइतबार सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
काठमाडौं जिल्ला अदालतका अनुसार गोरखाका मुक्ति पाण्डे, ललितपुरका सुवास केसी, चितवनका विवेक पाण्डे र जयराम रिमाल, धादिङका रवीन्द्र अधिकारी र सन्दिप तिवारी, पर्वतका डा. गिर्वाणराज तिमिल्सिना, सोलुखुम्बुका पासाङ शेर्पा, काठमाडौंका विवेकराज थपलिया र डा. मिनल्मा पाण्डेलगायत ३२ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।
प्रतिवादीहरूविरुद्ध राज्यविरूद्धको कसुर र सङ्गठित अपराध कसुरमा मुद्दा दायर भएको हो । ३२ जना प्रतिवादीमध्ये ८ जना पक्राउ परिसकेका छन् भने बाँकीलाई फरारको सूचीमा राखिएको छ ।
हेर्नुहोस् सम्पूर्ण विवरण–

