काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ७.८६ अङ्कले ओरालो लागेको हो । योसँगै बजार परिसूचक २६०६.२० विन्दु झरेको छ ।
बजारसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ । आज कुल ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज ३२९ वटा स्क्रिपका ९१ हजार ३९४ पटकको कारोबारमा ८६ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।
आजको बजारमा २५६ कम्पनीको कारोबार भएकोमा १६९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले राम्रो नाफा कमाएका छन् । आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत र एसवाई प्यानल नेपालको ९.९७ प्रतिशतले मूल्य बढेको छ । आज झापा इनर्जीको मूल्य सर्वाधिक ९.३० प्रतिशतको गिरावट देखिएको छ ।

बजारमा आज म्यानुप्यक्चरिङ (उत्पादनमूलक) र म्युचुअल फण्ड बाहेक सबै सूचक घटेका छन् । म्यानुप्यक्चरिङ समूह १.२२ प्रतिशतले बढ्दा अरू समूहमा एक प्रतिशत भन्दा कमको उतारचढाव देखिएको छ ।

कारोबार रकमका आधारमा आज श्रीनगर एग्रिटेक शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २६ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

FACEBOOK COMMENTS