काठमाडौं । हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले दिल्ली महल ग्रुप, सीताराम गोकुल मिल्क्स प्रालि, आर्य इन्टरनेसनल प्रालि र को संयुक्त पहलमा करिब ११ लाख बराबरको राहत सामग्री सहयोग गरिएको छ।
करिब ४०० प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट नुवाकोटतर्फ पठाइएको हो।
उक्त राहत सामग्री नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ (पिपलटार), विदुर नगरपालिका वडा नं. १, त्रिशूली बजार र त्यस क्षेत्रमा रहेका बेत्रावती तथा रसुवाका बाढी–पहिरो प्रभावित नागरिकहरूलाई वितरण गरिनेछ।
विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउँदै उहाँहरूको दैनिकी सहज बनाउन यस सहयोगले योगदान पुर्याउने विश्वास लिइएको छ।
राहत सामग्री प्रस्थान कार्यक्रममा दिल्ली महल ग्रुप, सीताराम गोकुल मिल्क्स प्रालि, आर्य इन्टरनेसनल प्रालि तथा पूजा सुरती उद्योग का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विपद्को समयमा सरकार, निजी क्षेत्र तथा समुदायबीचको सहकार्यले प्रभावित नागरिकलाई आवश्यक राहत तथा सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी दिनमा पनि मानवीय सहयोग र सामाजिक उत्तरदायित्वका यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता सम्बन्धित संस्थाहरूले व्यक्त गरेका छन्।