काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका भनिएका एकै परिवारका १६ जना पोखरामा भेटिएका छन् ।
प्रहरीको खोजीमा रहेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना पोखरा भेटिएका हुन् ।
गोलन्जोर गाउँपालिका(६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन भएको प्रहरीमा खबर पुगेपछि खोजी शुरु गरिएको थियो ।
प्रहरीले खोजी गर्दै जाँदा उनीहरू गत शनिबार नै पोखरास्थित लेकसाइडको होटल जननीमा पुगेको भेटिएको छ । उनीहरु शनिबार सो होटलमा बसेर आइतबार होटल छोडेको प्रहरीले जनाएको छ । अहिले उनीहरु पोखरामा भेटिएको जनाएको छ ।
FACEBOOK COMMENTS