प्रदर्शनमा उत्रिएका जे–जनीहरूले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसहित विभिन्न मन्त्रीहरूका गाडी तोडफोड गरेका छन्।
प्रदर्शनकारी मुख्यमन्त्रीको कार्यालयभित्रै प्रवेश गरी मुख्यमन्त्री शाहका साथै भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, सशस्त्र प्रहरीका डिआइजी चढ्ने गाडी, मुख्यमन्त्रीको पिछुवा गाडी माथि तोडफोड गरेको मुख्यमन्त्रीका प्रेस संयोजक डम्मरबहादुर बमले बताए।
प्रदर्शनकारी मुख्यमन्त्रीको कार्यालयभित्रै प्रवेश गरी तोडफोडमा उत्रिएपछि प्रहरीले झन्डै आधा दर्जन जति अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि उनीहरू तितरवितर भएका थिए। प्रदर्शनकारीले त्यसपूर्व प्रदेश राजधानीको गेट नजिकै बाहिर टायर पनि बालेका थिए।
FACEBOOK COMMENTS