काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा सुदूरपश्चिमबाट निर्वाचित भएका सांसदहरुसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री शाहले सुदूरपश्चिमबाट निर्वाचित भएका विभिन्न दलका सांसदहरुसँग छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
उनले सुदूरपश्चिम प्रदेशका समस्या त्यहाँका स्थानीयको मागबारे बुझेका थिए । प्रधानमन्त्री शाहले हिजो कोशी र कर्णाली प्रदेशबाट निर्वाचित भएका सांसदहरुसँग छलफल गरेका थिए ।
FACEBOOK COMMENTS