हेटौडा । नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारण सभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापनमा मकवानपुरका दुई संस्थालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
आज शनिबार बिहान निर्माण व्यवसायी महिला समन्वय समितिका पदाधिकारीहरू र निर्माण व्यवसायी संघ मकवानपुरका पदाधिकारीहरूको उपस्थितिमा आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
सेन्टर फर अटिजम र श्रीमद्भागवत ज्ञानसञ्चार वृद्धाश्रम श्री लक्ष्मी वैंकेटेश मन्दिरलाई रू. २५—२५ हजारको चेक उपलब्ध गराइएको हो । निर्माण व्यवसायी महिला समन्वय समिति संयोजक गंगा पोख्रेलले समाजसेवा नै सबैभन्दा उत्कृष्ट सेवा भएकाले सबै पेशा र वर्गका मानिस समाजसेवामा लाग्नु पर्ने बताइन् ।
निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्र चौलागाईले निर्माण व्यवसायी महिला समन्वय समितिको सहयोगप्रति आभार व्यक्त गरे ।
सार्वजनिक खरिद नियमावली संशोधनपछि म्याद थपको समस्या अन्त्य हुन्छ : अध्यक्ष रवि सिंह
निराशाको खेती गरेर देश बन्दैन, अर्थतन्त्र उकास्न निर्माण उद्योगको भूमिका महत्वपूर्ण : चन्द्र ढकाल
सरकारले निर्माण व्यवसायीको रकम चाडैं भुक्तानी गर्नुपर्छः महासंघ अध्यक्ष ढकाल
सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीसँग सहकार्य गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
FACEBOOK COMMENTS