काठमाडौं । आर्थिक बर्ष २०८२–८३ को फागुन मसान्तसम्म ८ महिनामा ७ खर्ब ५१ अर्ब ८६ करोड राजश्व सङ्कलन भएको छ ।
फागुन मसान्तसम्म ८ महिनामा ९ खर्ब १० अर्ब २० करोडको लक्ष्य रहेकोमा ८२. ६० प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै फागुन महिनाको लक्ष्य ९६ अर्ब ५७ करोड रहेकोमा ८२ अर्ब ५३ करोड राजश्व संकलन भएको छ, जुन ८५. ४६ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा फागुन महिनामा ७८ अर्ब ७५ करोड राजश्व सङ्कलन भएको थियो ।
आर्थिक बर्ष २०८२–८३ को कुल राजश्व सङ्कलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने ८ महिनामा ७ खर्ब ५१ अर्ब ८६ करोड सङ्कलन भएको छ ।
अघिल्लो आर्थिक बर्षमा १४ खर्ब १९ अर्ब ३० करोड बार्षिक लक्ष्य रहेकोमा फागुनसम्म ८ खर्ब ६५ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको थियो ।

FACEBOOK COMMENTS