काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा ३ वरिष्ठ उपाध्यक्षसहित ११८ जनाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन्।
त्यस्तै जिल्ला नगरमा सुर कृष्ण बैंद्य, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। वस्तुगततर्फ सकुन्तलाल हिराचन, मनिललाल प्रधान र हेमराज ढकालले उम्मेदवारी दिएका हुन्।
एसोसिएट सदस्यमा ज्योत्स्ना श्रेष्ठ र भरतराज आचार्यले उम्मेदवारी दिएका छन्। त्यसैगरी ७ प्रदेशमा १–१ सदस्यको लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
वस्तुगततर्फ १४ जनाको लागि २८ जना प्रतिस्पर्धा गर्दै छन्। जिल्ला नगरको १८ सदस्यको लागि ३२ जनाको उम्मेदवारी परेको छ। एसोसिएटका १९ जनाको लागि ३० जनाको उम्मेदवारी र द्विराष्ट्रिय उद्योग वाणिज्य संघकोलागि सुनिल के.सीको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिको कार्यालयले जनाएको छ।
चैत २९ गते हुने निर्वाचनका लागि मंगलबारसम्म अन्तिम उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।
महासंघका अनुसार ६४ पदका लागि ११८ जनाले उम्मेदवारी दर्ता गराएकोमा द्विराष्ट्रिय र लुम्बिनी प्रदेश सदस्य निर्विरोध निर्वाचित भएका छन् । अब ११६ जनाले विभिन्न पदका लागि प्रतिस्पर्धा गर्नेछन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि ३, जिल्ला/नगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ ।
जिल्ला/नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारको अन्तिम नामावली चैत २७ गते साँझ ५ बजे प्रकाशन हुने महासंघले जनाएको छ ।
अन्तिम नामावली प्रकाशन हुनु अघिसम्ममा दाबी विरोध गर्ने र उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता लिन सक्ने व्यवस्था छ ।
हाल महासंघमा जिल्ला/नगर उद्योग वाणिज्य संघतर्फ १२१, वस्तुगततर्फ १२३, द्विराष्ट्रियतर्फ १२ र एसोसिएटतर्फ १ हजार ७६२ गरी २ हजार १८ सदस्य छन् । मतभार पनि फरक-फरक हुन्छ ।
जिल्ला/नगर उद्योग संघको ५०, वस्तुगतको २० तथा द्विराष्ट्रिय र एसोसिएटको १५-१५ प्रतिशत मतभार हुन्छ ।
कुन पदमा को उम्मेदवार? mahasangh ummedawar2023
FACEBOOK COMMENTS