काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न महिला चिकित्सकलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्डबाट बिहीबार सम्मानित गरेकी छिन्।
राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले नेपाली चिकित्सा क्षेत्रमा योगदान दिएका १५ जना महिला चिकित्सकलाई नेपाल चिकित्सक सङ्घको सिफारिसमा विशेष सम्मान प्रदान गरेकी छिन् ।
अवार्ड पाउनेमा डा. आस्मा राणा, डा. वसुधा खनाल, डा. कमला बुढाथोकी, डा. लक्ष्मीनानी श्रेष्ठ, डा. मीरा मल्ल, डा. मिथिला शर्मा अधिकारी, डा. रोशना अमात्य, डा. स्वराज प्रधान राजभण्डारी, डा. तीर्थ राणा र डा. उषा शाह छन् ।
समारोहमा डा. विमला ओझा, डा. गीता बस्न्यात, डा. नारायणी श्रेष्ठलाई वुमन इन मेडिसिन लाइफटाइम अवार्ड प्रदान गरिएको थियो ।
FACEBOOK COMMENTS