काठमाडौं । दक्षिण अमेरिकी देश सुरिनामले आफ्नो पहिलो महिला राष्ट्रपति पाएको छ ।
आइतबार संसदले देशको पहिलो महिला राष्ट्रपतिको रूपमा डा. जेनिफर गियरलिङ्स–साइमन्सलाई निर्वाचित गरेको छ ।
नेशनल डेमोक्रेटिक पार्टीको नेतृत्व गर्ने जेनिफरले जुलाई १६ मा राष्ट्रपतिको रूपमा शपथ लिनेछिन् । सुरिनामलाई संसदले दुई तिहाइ मतले राष्ट्रपतिलाई निर्वाचित गरेको हो ।
सुरिनाममा बढ्दो आर्थिक सङ्कटका बीचमा महिला राष्ट्रपतिमा चयन भएको हो । ७१ वर्षीया जेनिफर र उनका साथी ग्रेगरी रसल्याण्डले पहिले देशको आर्थिक अवस्था सुधार गर्ने बताएका छन् ।
उनले विशेषगरी साना सुन खानीहरूबाट कर सङ्कलन जस्ता विधिहरूद्वारा सरकारी राजस्व बढाउने बताएकी छन् ।
सुरिनाम ६ लाख ४६ हजार जनसङ्ख्या भएको डच भाषा बोल्ने देश हो ।
FACEBOOK COMMENTS