पोखरा । फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बोटमा फसेका ५ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दी लेकहाउस नजिकै फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बोटमा फसेका भारतीय नागरिकको सशस्त्रले विहिबार उद्धार गरेको हो ।
फेवातालमा काठको बोटमा सवार उनीहरु फसेको भन्ने खवर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनिहरुको सकुशल उद्धार गरेको सशत्रले जनाएको छ ।