काठमाडौं । म्यानचेस्टर सिटीले जारी फिफा क्लब विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ ।
सोमबार बिहान सम्पन्न खेलमा म्यानचेस्टर सिटीले युएइको क्लब अल ऐनलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा इके गुनडोगानले २ गोल गरेका थिए भने क्लाउडियो एचेभेरी, इर्लिंग हालाण्ड, ओस्कार बब र रयान चेर्कीले एक एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटी समुह जीमा २ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस समुहमा युभेन्टस ६ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अल ऐनले लगातार दोस्रो हार बेहोरेको छ ।
FACEBOOK COMMENTS