काठमाडौं । जारी फिफा क्लब विश्वकपअन्तर्गत बायर्न म्युनिखले न्युजिल्याण्डको क्लब अकल्याण्ड सिटीविरुद्ध गोलको वर्षा गरेको छ ।
गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले अकल्याण्ड सिटीलाई १०–० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नका लागि जमाल मुसिआलाले ह्याट्रिक गरेका थिए भने थोमस मुलर, माइकल ओलीस र किङ्सले कोम्यानले २–२ गोल गरेका थिए । त्यस्तै, सचा बोएयले एक गोल गरेका थिए ।
यो जितपछि समूह ‘सी’ मा बायर्न म्युनिखले महत्त्वपूर्ण ३ अङ्क हासिल गरेको छ ।
बायर्न म्युनिखले अर्को खेल अब शनिबार बोका जुनियर्ससँग खेल्ने तालिका छ भने अकल्याण्ड सिटीले शुक्रबार बेनिफिकासँग खेल्ने तालिका छ ।
FACEBOOK COMMENTS