काठमाडौं । रियल म्याड्रिड र अल हिलाल जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेका छन् ।
शुक्रबार बिहान समूह एच अन्तर्गतका समूह चरणका खेल सकिएपछि यस समूहबाट रियल म्याड्रिड र अल हिलाल नकआउट चरणमा पुगेका हुन् ।
अन्तिम खेलमा रियल म्याड्रिडले आरबी साल्जबर्गलाई ३–० गोल अन्तरले पराजित गरेको थियो भने अल हिलालले पाचुकालाई २–० ले पराजित गरेको थियो । रियल म्याड्रिड ३ खेलमा ७ अङ्कसहित समूहमा शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ भने अल हिलाल ३ खेलमा ५ अङ्कसहित समूहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ । त्यस्तै यस समूहबार आरबी साल्जबर्ग र पाचुका बाहिरिएका छन् ।
अब नकआउट चरणमा रियल म्याड्रिडले युभेन्टससँग र अल हिलालले म्यानचेस्टर सिटीसँग खेल्ने छ ।
FACEBOOK COMMENTS