काठमाडौं । जारी फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा पुग्ने ८ क्लबको टुङ्गो लागेको छ ।
नकआउट चरणका खेल सकिएसँगै १६ मध्ये ८ क्लब क्वार्टरफाइनलमा पुगेका छन् भने ८ क्लब बाहिरिएका छन् ।
क्वार्टरफाइनलमा पुग्ने क्लबमा ब्राजिलका फ्लुमिनेन्स र पाल्मिरास, साउदी क्लब अल हिलाल, चेल्सी, बायर्न म्युनिख, पीएसजी, रियल म्याड्रिड र बोरुसिया डोर्टमण्ड छन् ।
त्यस्तै, म्यानचेस्टर सिटी, इन्टर मिलान, फ्लामेन्गो, इन्टर मियामी, बेनिफिका, वोटाफोगो, युभेन्टस र मोन्टेरी क्लब बाहिरिएका छन् ।
अब क्वार्टरफाइनलमा फ्लुमिनेन्स र अल हिलाल, पाल्मिरास र चेल्सी, पीएसजी र बायर्न म्युनिख तथा रियल म्याड्रिड र डोर्टमण्ड खेल्ने तालिका छ । क्वार्टरफाइनलका खेलहरू शुक्रबार रातिदेखि सुरू हुने छन् ।
FACEBOOK COMMENTS