काठमाडौं । चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा पीएसजीलाई ३–० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।
चेल्सीको जितमा कोल पलामरले २ गोल गरे भने जोआओ पेड्रोले एक गोल गरेका थिए । चेल्सीले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो ।
यस खेलमा खेलको ८५औं मिनेटमा पीएसजीका जोआओ नेभेजले रातो कार्ड पाएका थिए ।
चेल्सीका कोल पाल्मरले प्रतियोगितामा चार गोल एक गोल असिस्ट गरेबापत गोल्डेन बुट प्राप्त गरेका छन् ।
विजेता चेल्सीलाई अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रफी प्रदान गरेका थिए ।
FACEBOOK COMMENTS