काठमाडौं । फिफाले तय गरेको नयाँ फर्म्याटकाे क्लब विश्वकप भोलि आइतबारदेखि सुरू हुँदै छ ।
फिफा क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र इजिप्टको क्लब अल अहलीबीच हुने छ । यो खेल नेपाली समयअनुसार आइतबार बिहान ५ः४५ बजेदेखि सुरू हुने छ ।
जुलाई १३ सम्म अमेरिकामा हुने फिफा क्लब विश्वकप मा ३२ क्लबले भाग लिँदै छन् । ६ कन्फेडेरेसनका ३२ क्लबलाई ८ समूहमा विभाजित गरिएको छ ।
आयोजकको रूपमा अमेरिकन क्लब इन्टर मियामी छ भने एसियाबाट चार क्लब अल हिलाल, उर्वा रेड डायमण्डस, अल एन र उल्सन एचडी छन् । त्यस्तै, अफ्रिकाबाट अल अहली, विडाड एसी, एसपेरेन्स डे टुनिस, मामेलोड़ी सनडाउन्स छन् । अमेरिका र क्यारेबियन क्षेत्रबाट मोन्टेरे, सीटल्स सन्डर्स एफसी, पाचुका र लस एन्जल्स एफसी छन् ।
दक्षिण अमेरिकी क्षेत्रबाट पाल्मेरियाज, फ्लामेन्गो, फ्लुमिनेन्स, बोटाफोगो, रिभर प्लेट, बोका जुनियर्स रहेका छन् । त्यस्तै, ओसियाना क्षेत्रबाट अकल्याण्ड सिटी छ । त्यसैगरी, यूईएफएबाट १२ क्लब फिफा क्लब विश्वकप खेल्दै छन् । यिनमा चेल्सी, रियल म्याड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, पिएसजी, इन्टर मिलान, पोर्टो, बेनिफिका, बोरुसिया डोर्टमण्ड, युभेन्टस, एटलेटिको म्याड्रिड र रेड बुल साल्जबर्ग छन् ।
३२ क्लबलाई ८ समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा इन्टर मियामी, पाल्मेइराज, पोर्टो र अल अहली छन् भने समूह ‘बी’ मा पीएसजी, एटलेटीको म्याड्रिड, वोटाफोगो र सीटल सन्डर्स एफसी छन् । त्यस्तै, समूह ‘सी’ मा बायर्न म्युनिख, अकल्याण्ड सिटी, बोका जुनियर्स र बेनिफिका छन् भने समूह ‘डी’ मा फ्लामेन्गो, एसपेरेन्स डे टुनिस, चेल्सी र लस एन्जल्स एफसी छन् । त्यसैगरी, समूह ‘ई’ मा रिभर प्लेट, उर्वा रेड डायमण्डस, मोन्टेरे र इन्टर मिलान रहेका छन् भने समूह ‘एफ’ मा फ्लुमिनेन्स, बोरुसिया डोर्टमण्ड, उल्सान एचडी र मामेलोडी सनडाउन्स छन् । त्यसैगरी समूह ‘जी’ मा म्यानचेस्टर सिटी, वीडाड एसी, अल ऐन र युभेन्टस छन् भने समूह ‘एच’ मा रियल म्याड्रिड, अल हिलाल, पचुका र रेड बुल साल्जबर्ग छन् ।
समूह चरणको खेलपछि हरेक समूहका शीर्ष दुई क्लब राउण्ड १६ मा पुग्ने छन् र त्यसपछि नकआउट चरण सुरू हुने छ ।
फिफा क्लब विश्वकपको फाइनल खेल जुलाई १३ मा हुने छ । फिफाले क्लब विश्वकपका लागि कुल पुरस्कार रकम एक बिलियन डलर छुट्याएको छ । प्रतियोगिताको विजेताले बढीमा १२५ मिलियन पाउने फिफाले बताएको छ ।
FACEBOOK COMMENTS