एजेन्सी । इराकको पूर्वी प्रान्त दियालामा भएको हवाई आक्रमणमा चार इस्लामिक स्टेट (आइएस) लडाकु मारिएको इराकी सेनाले आइतबार जनाएको छ ।
गुप्तचर प्रतिवेदनका आधारमा इराकी लडाकु विमानहरूले शनिबार राति इराकी राजधानी बगदादबाट करिब ९० किलोमिटर उत्तरपूर्वमा रहेको हवद अल(वक्फ क्षेत्रमा आइएस लडाकुहरू लुकेर बसेको ठाउँमा हवाई हमला गरेको सुरक्षा मिडिया सेलको जनाएको छ।
सो आक्रमणमा मारिनेमा उक्त क्षेत्रका लडाकु समूहका सैन्य नेता माजिद मेयुफ पनि रहेको बताइएको छ । सन् २०१७ मा आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा सुधार आएको छ तर यसका बाँकी लडाकुहरू मरुभूमि र दुर्गम क्षेत्रहरूमा विस्तार हँदै गएको पाइएको छ ।
पछिल्लो समय यिनीहरूले सुरक्षा बल र नागरिकहरू विरुद्ध बारम्बार छापामार आक्रमणहरू गर्दै आएका छन् ।
FACEBOOK COMMENTS