काठमाडौं । असोज १३ गते दशैँमा प्रदर्शनमा आएका तीन चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ को पछिल्लो बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले तीनवटै फिल्मको असोज २३ गते रातिसम्मको ग्रस कमाई सार्वजनिक गरेको हो ।
एकै दिन रिलिज भएका तीन फिल्म मध्ये ‘बलिदान’ ले सबैभन्दा बढी ४ करोड ४२ लाख ग्रस कमाई गरेको छ । सन्तोष सेनको निर्देशनमा बनेको यस फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतको अभिनय रहेको छ ।
त्यस्तै अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’ ले ३ करोड ९० लाख ग्रस कमाई गरेको छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको ुहरिबहादुरको जुत्ताु मा अभिनेता हरिबंश आचार्यसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतको अभिनय रहेको छ ।
त्यस्तै, अर्को फिल्म ‘माइतीघर’ ले २ करोड ८५ लाख ग्रस कमाई गरेको छ । मिलन तामाङले निर्देशन गरेको यस फिल्ममा केदार घिमिरे ९माग्ने बुढा०, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायतको अभिनय रहेको छ ।
यसरी अहिलेसम्म तीन फिल्मले कुल ११ करोड १७ लाख ग्रस कमाइ गरेका छन् ।
FACEBOOK COMMENTS