काठमाडौं । चलचित्र ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् ।
दयाहाङ राई र प्रकाश सपूतपछि ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखुको प्रवेश भएको हो ।
सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । जहाँ उनको तारिफ भएको थियो । यसअघि पहिलो चलचित्रमा पनि दयाहाङसँग सहकार्य गरेकी उनले दोस्रो चलचित्रमा पनि दयाहाङसँगै काम गर्ने भएकी हुन् ।
‘मिरमिरेमा अनुबन्धित हुन पाउँदा खुसी छु । महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएकी छु,’ मिरमिरेमा अनुबन्धित भएपछि उनले भनिन्, ‘यो विश्वासका लागि सबैभन्दा पहिला निर्माण टीम र निर्देशकलाई धन्यवाद भन्छु ।’
उनले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गर्ने पनि प्रतिबद्धता जनाइन् । ‘मिरमिरे’मा सिर्जनाको जोडी को हुने हो भन्ने विषयमा निर्माणपक्षले केही खुलाएको छैन ।
अन्य कलाकारको लाइनअपबारे निर्माण टिमले जानकारी दिएको छैन । तर, हालसम्मका कलाकार हेर्दा बलियो लाइनअप ‘मिरमिरे’मा देखिने निश्चित देखिएको छ ।
‘मिरमिरे’लाई यम शेर्पाले निर्देशन गर्दैछन् । उनले सिनेमा राम्रो बनाउन कलाकार र प्राविधिकको लाइनअप बलियो बनाउने बताए ।
यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिएका छन् । चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।
FACEBOOK COMMENTS