काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ९ बाम घटकको एकता घोषणा सभामा सहभागी भएका छन् ।
काठमाडौंको भृकुटिमण्डपमा जारी नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा खनाल सहभागी भएका हुन् ।
यस अघि एकताप्रति असन्तुष्टि व्यक्त गर्दै आएका खनालले गएराती मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँगै अलग्गै दल बनाउने बताएका खनाल अन्तत: एकता प्रक्रियामा सामेल भएका छन् ।
यो समाचार पनि पढ्नुस्-
माओवादी र समाजवादीसहितका पार्टीहरूको एकता घोषणा सभा सुरू (तस्बिरहरू)

FACEBOOK COMMENTS