काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवौँ शाखाको रूपमा शाखा कार्यालय सर्लाहीको गैरमा उद्घाटन गरिएको छ । सोमबार कविलासी नगरपालिकाका मेयर ब्रहम देव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा मेयर ब्रहम देव रायले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको बताए । साथै उनले रकम जम्मा तथा बैंकिङ कारोबार गर्न स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अब सो समस्या नहुने बताए । त्यस्तै, संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले संस्थाले उपलब्ध गराउने सेवा सुविधाबारे प्रकाश पारे ।
उक्त नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल नौ वटा पुगेको छ । संस्थाले यसै हप्ता थप ३ नयाँ शाखाहरू उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरू सञ्चालनमा रहेको छ ।
FACEBOOK COMMENTS