काठमाडौं । निजी क्षेत्रमैत्री वातावरण बनाउने भन्दै नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग खारेज गरेका छन् ।
आज शुक्रबार राष्ट्रपतिबाट सपथ ग्रहरण गरेलगत्तै पदभार ग्रहण गर्न मन्त्रालय पुगेका उनले राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले गरेका निर्णयहरू–
१. चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने ।
२. उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजस्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने ।

३. निजी उद्यम–व्यवसाय सुरक्षा एवम् प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दैं वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने ।

यी समाचार पनि पढ्नुहोस्–

पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले खारेज गरे यी १५ कानुन
FACEBOOK COMMENTS