काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै प्राप्त हुने दाबी गरेका छन् ।
विभिन्न समस्याका कारण विगतमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने गरे तापनि अब त्यस्तो समस्या नहुने बताउँदै उनले लक्ष्य भेटिने दाबी गरेका हुन । बिहीवार प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले अहिले कोभिड महामारीपछि ९८ प्रतिशत उद्योग, कलकारखानाहरू पुनः सञ्चालनमा आइसकेको बताए । सबैतिर आर्थिक गतिविधि बढेको र यसले पनि आर्थिक वृद्धिमा मद्दत पु¥याउने उनको भनाइ छ ।
आर्थिक वृद्धिदर प्राप्त गर्न पछिल्लो समय मुख्य चुनौतीका रूपमा ‘क्लाइमेट चेन्ज’ देखिन लागेको मन्त्री शर्माको भनाइ छ । बेमौसमी वर्षाका कारण खर्बौंको क्षति भएको भन्दै उनले यी चुनौती भए पनि आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताए । मन्त्री शर्माका अनुसार अहिले पनि बजारमा तरलता अभाव कायमै छ । अहिले बैंकिङ क्षेत्रमा १६ अर्बमात्रै लगानीयोग्य रकम ९तरलता० रहेको भन्दै उनले तरलता समस्या हटाउन सकिएको बताए । ‘चालू आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइसकेको छैन यसमा पूँजीगत खर्च नहुनु पनि एउटा कमजोरी हो । तर, समग्रमा सरकारी खर्च गतवर्षको भन्दा २ प्रतिशतले बढी रहेको छ,’ मन्त्री शर्माको भनाइ रहेको छ ।
वैदेशिक सहायता आउनेक्रम जारी रहेको बताउँदै उनले विभिन्न दातृ निकायहरूसँग छलफल, वार्ता भइरहेका बताएका छन् । ‘आईएमएफसँग हामीले भर्खरै ईसीएफअन्तर्गत करीब ४८ अर्ब अर्थात् ४ सय मिलियन डलर बराबरको सम्झौता गरेका छौं । तत्काल १ सय मिलियन हामीले प्राप्त गर्दै छौं । त्यस्तै विश्व बैंकसँग तीन ओटा डीपीसीहरू अगाडि बढेका छन् । त्यसबाट ३ सय मिलियन प्राप्त गर्दै छौं । अन्य निकाय एडीबी तथा अन्य देशहरूबाट पनि हामीले सहायता प्राप्त गर्ने प्रक्रियाहरू अगाडि बढेका छन्,’ मन्त्री शर्माले जानकारी दिँदै भने ।
राष्ट्र बैंकले गैरआवासीय नेपालीले डलरमा बचत खाता खोल्न पाउने व्यवस्था गरेको भन्दै यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक असर गर्ने बताए । शर्माका अनुसार ‘मन्त्रालयले विमानस्थल भन्सारमा विशेष ‘टास्क फोर्स’ परिचालन गरेको छ । उक्त ‘टास्क फोर्स’ ले दैनिक १९र२० किलो सुन विमानस्थलमा नियन्त्रण लिएको छ । नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै लैजाने व्यवस्था गरिएको बताउँदै शर्माले यसले राजस्वमा टेवा पुर्याउने विश्वास व्यक्त गरेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS