काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको सेयर बजारमा देखिएका समस्या समाधान गर्ने बताएका छन् ।
शुक्रबार पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले सेयर बजार सुधार, मुलुकका देखिएको अर्थतन्त्र समस्याका लागि सम्पूर्ण राज्यसंयन्त्र लाग्ने र समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताए । उनले करदातालाई राजस्वको बोझ थप गरेर नभइ करको दायरा बढाएर अर्थतन्त्र सबल बनाउनुपर्नेमा जोड दिए ।
‘अहिले लघुवित्त र सहकारीहरु समस्यामा छन् । यसमा राष्ट्र बैंकको अहम् भूमिका छ । अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरी काम गर्न जरुरी छ’, उनले भने, ‘अर्थतन्त्रमा रहेका निराशालाई आशामा बदल्नु छ । सकारात्मक सोचमा बदल्नु छ । ब्याजदर उच्च छ, सेयर बजारमा निराशा छ, उद्योगी व्यवसायी सबैमा निराशा बढेको छ । सबैको आत्मविश्वास बढाउनुपर्ने छ । त्यसका लागि राष्ट्र बैंकसँग समन्वयन गरी अर्थ मन्त्रालयले सक्रियताको साथ काम गर्छ ।’
FACEBOOK COMMENTS