काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा बसोबास गर्दै आएका नेपालीको ज्ञान, सीप र पुँजीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को ११ औँ विश्व सम्मेलनमा मन्त्री डा महतले भने, “नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् अब ती क्षेत्रमा लगानी गर्न म आह्वान गर्दछु ।”
जलविद्युत्को विकासबाट नै देशलाई समृद्धिको मार्गमा अघि बढाउन सकिने यथार्थ दोहोर्याउँदै मन्त्री महतले निजी क्षेत्रबाट तीन सय मेगावाट विद्युत् उत्पादन भइरहेको अवस्थामा विदेशमा रहेका नेपालीले मातृभूमिको उन्नयनका निम्ति लगानी गर्नुपर्नेमा जोड दिए । उनले लगानीको प्रतिफल सुनिश्चित गर्ने ऐनकानुन रहेकाले निर्धक्क भएर पूँजी प्रवाह गर्न आह्वान गरे ।
FACEBOOK COMMENTS