काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै अर्थमन्त्री खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताउदै साइत नहेरी इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न गरेको उल्लेख गरेका छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन शाहले शुभ साइत निकालेर प्रधानमन्त्रीको शपथ लिन लागेको विषय बाहिरिएपछि अर्थमन्त्री खनालको यस्तो टिप्पणी आएको हो ।
उनले भनेका छन्– यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन !! हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन !!! तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !!!!
उनले अर्को पोष्टमा बिचारको प्रतिवाद गर्न सक्ने तर तर सात पुस्ता उधिनेर व्यक्तिगत गालीगलौजमा नगर्न आग्रह समेत गरेका छन् ।


FACEBOOK COMMENTS