काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले छिटै नै सरकारले राहत प्याकेजको कार्यक्रम ल्याउने जानकारी गराउनुभएको छ । उद्योग परिसंघको १८ औं बार्षिक साधारणसभामा उहाँले यस्तो बताउनु भएको हो । मन्त्री शर्माले राहत प्याकेजको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको स्मरण गराउनुभयो । अर्थतन्त्रलाई पनि राहत भ्याक्सिन दुवै आवश्यक भएको भन्दै कोरोनाको भ्याक्सिन र राहत भ्याक्सिन सँगै लैजान आवश्यक रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा उहाँले २ खर्ब १५ अर्ब बढीको कृषि सामग्री आयात हुने गरेको भन्दै त्यसलाई रोक्नेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपाली उत्पादनको अभियानलाई सफल बनाउन, मूल्यमा प्रतिस्पर्धा गरेर अभियानलाई सफल बनाउने जानकारी गराउनुभयो । उहाँले सबै उद्योगी व्यवसायीलाई परिणाममुखी काम गर्न आग्रह गर्नुभएको छ । उहाँले कोरोका कारण अहिले जर्जर अवस्थामा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउन सबैको हातेमालो आवश्यक रहेको र सोही अनुसार काम गर्ने बताउनुभयो । कार्यक्रममा उहाँले महामारीले सबै नेपालीलाई आत्मनिर्भर हुन सिकाएको जानकारी गराउनुभयो । ‘मेकइट नेपाल’ अभियानले आयात घटाउने र निर्यात बढाउने काम गर्ने बताउनुभयो । उहाँले स्थानीय र प्रदेशमा साना तथा ठूला उद्योग आवश्यक रहेको र विषेश आर्थिक क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारको मुख्य योजना औद्योगिककरण तर्फ रहेको भन्दै सोही अनुसार काम भइरहेको जानकारी गराउनुभयो ।
FACEBOOK COMMENTS