काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुसँगको छलफल सुरु गरेका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् ।
छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा उपस्थित छन् ।
बैठकमा सहभागी २० कम्पनीमा सूर्य नेपाल प्रालि, एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राइप्स प्रालि, गोर्खा ब्रुअरी प्रालि, हिमालय एयरलाइन्स प्रालि, होङ्शी शिवम् सिमेन्ट प्रालि, डुसान इनरबिलिटी कम्पनी लिमिटेड, डाबर नेपाल प्रालि, बोटलर्स नेपाल (तराई) लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, एसियन पेन्ट्स नेपाल प्रालि, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड, गोर्खा लाहारी प्रालि, ह्वासिन सिमेन्ट नारायणी प्रालि, न्यू होप एग्रो बिजनेस नेपाल प्रालि, नेपाल वेलहोप एग्रि–टेक प्रालि, वरुण बेभरेज नेपाल प्रालि, टर्किस एयरलाइन्स इन्कर्पोरेशन प्रालि, भोटेकोशी पावर कम्पनी प्रालि र बर्जर जेन्सन एन्ड निकोल्सन नेपाल प्रालि छन्।


बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री