काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेका बेला मन्दी उन्मुख अर्थतन्त्रलाई सपार्न अर्थमन्त्री डा। प्रकाशशरण महतले वित्त नीतिभन्दा मौद्रिक नीतिलाई सुधार्नुपर्नेमा जोड दिएका छन् ।
निजीक्षेत्रले आगामीबजेटमार्फत वित्त र मौद्रिक दुवै नीतिमा सुधार गर्नुपर्ने माग गरे पनि अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक भएको बताएका छन् । नेपाल राष्ट्र बैकको कसिलो मौद्रिक नीति र सरकारले पूँजीगत खर्च कम हुँदा अर्थतन्त्र सुस्ताएको महतको बुझाइ छ ।
‘मौद्रिक नीतिलाई खुकुलो बनाउँदा ब्याजदर कम हुन्छ, सस्तो ब्याजदरले व्यावसायिक लागत कम हुन्छ । उत्पादन सस्तो हुन्छ। अर्थतन्त्र धरासाही भएको होइन’, अर्थमन्त्री महतले भनेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS