काठमाडौं । सरकारले मोटरसाइकलको अन्तःशुल्क बढाउने घोषणा गरेसँगै अब दुई पाँग्रे सवारी साधनहरुको मूल्य पनि बढ्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत मोटर साइकलमा लाग्ने अन्तःशुल्क २० प्रतिशतसम्म बढाएसँगै अब मोटरसाइकलको मूल्य पनि बढ्ने भएको हो ।
यसले अब नयाँ मोटर साइकल खरिद गर्नेहरुलाई बढी आर्थिक भार पर्ने देखिएको छ । सरकारले यो निर्णयले नयाँ मोटरसाइकल खरिद गर्न चाहनेका लागि मर्का परेको छ ।
सरकारले कर बढाएपछि व्यवसायीहरुले पनि स्वतः वस्तुको मूल्य बढाउने भएकोले पनि मोटरसाइकलको मूल्य बढ्ने देखिएको हो ।
FACEBOOK COMMENTS