असोज २, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
आईपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने आईपीओ निष्कासन बोर्डबाट स्वीकृति पाएपछि मात्र गर्नेछ ।
कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा ६६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू। ९ करोड ७८ लाख ८७ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू। १६ करोड ३३ लाख ८ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी १ दशमलव ४६ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू। १७ करोड २१ लाख २५ हजार रहेको छ भने जगेडामा रू। ४२ करोड ७३ लाख २५ हजार सञ्चित गरेको छ ।
(स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण)
FACEBOOK COMMENTS