काठमाडौं । काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा एक पुरानो घरमा आगलागी भएको छ ।
सुरज आर्केड मछाडि रहेको दयाराम श्रेष्ठको घरमा आगो लागेको हो । आगलागीमा परि एक जना महिलाको मृत्यु भएको छ ।
जुद्ध बारुद यन्त्र, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र बालाजु औद्योगिक क्षेत्रका सहित ६ वटा दमकलको सहयोगमा आगो निभाउने क्रम जारी रहेको प्रहरी वृत्त जनसेवाले जनाएको छ ।
FACEBOOK COMMENTS