काठमाडौं । आज साँझ करिब सवा ७ बजे सिंहदरबार परिसरमार गोली चलेको छ ।
जेनजी आन्दोलनकारीले सिंहदरबारभित्र तोडफोठ र आगजनी गरेपछि अहिले पनि अवस्था अशान्त रहेको छ । केही समय अघि मात्रै सिंहदरबारमा गोली चलेको छ ।
सिंहदरबारमा रहेको प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालयमा आगजनी गरेका छन् ।
हजारौंको संख्यामा सिंहदरबार पुगेका आन्दोलनकारीले मन्त्रालयसहितका महत्वपूर्ण कार्यालयहरुमा आगलागी गरेका छन् ।
FACEBOOK COMMENTS