![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ लिम्दुसामा आगलागी हुँदा नगद रु दुई लाखसहित रु २० लाखबराबरको क्षति भएको छ ।
आगलागीबाट मकालु–२ लिम्दुसाका फुदोर्ची शेर्पाको घर जलेर नष्ट भएको वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । आगलागीबाट करिब २० लाखबराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताए ।
आगलागीबाट दुई तोला सुन, रु दुई लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाले बताए । गए राति खाना पकाउने ठाउँबाट सल्किएर आगो लागेको थियो ।
FACEBOOK COMMENTS