काठमाडौँ । काठमाडौँको गैरीगाउँमा आगलागी भएको छ । मंगलबार गैरीगाउँस्थित कारखाना छेउमा रहेको टहरोमा आगलागी भएको हो ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरीका अनुसार आगलागी भएको मुस्लो देखिएपछि अहिले महानगरको दमकल पठाइएको छ ।
घटनास्थलमा प्रहरी र दमकल पुगिसकेको र अहिले स्थानीय, सुरक्षाकर्मीसहितको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ ।
विमानस्थल नजिक रहेकाले आगलागीका कारणले उडान समेत प्रभावित भएका छन् ।
FACEBOOK COMMENTS