काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयरको लिलामी फागुन २७ गते आइतबारदेखि बिक्री खुला हुने भएको छ ।
संस्थाले प्रतिकित्ता न्यूनतम ३१५ रुपैयाँका दरले लिलामी निकाल्ने छ । लघुवित्तका विद्यमान संस्थापक सेयरधनी वा अन्य व्यक्ति, कम्पनी, संघ र संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
बोलपत्र पेश गर्ने अन्तिम म्याद चैत १२ गतेसम्म तोकिएको छ । बोलपत्र मुक्तिनाथ क्यापिटल, नक्साल काठमाडौंमा गोप्य शिलबन्दी पेश गर्नुपर्ने छ ।
FACEBOOK COMMENTS