काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
यो अवधिमा कम्पनीको नाफामा केही गिरावट देखिएको छ । गत आर्थिक वर्षमा २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा २ करोड ९६ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीको नाफा ०.२३ प्रतिशतले घटेको छ । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालनमा मुनाफा घट्ना नाफामा प्रत्यक्ष असर देखिएको छ । गत आवको पहिलो त्रैमासमा ५ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा ४ करोड ७९ लाख १८ हजार खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको सञ्चालन मुनाफा पनि ४ करोड ७१ लाख ६८ हजार रुपैयाँबाट घटेर ४ करोड ७० लाख ६० हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३० पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ११ पैसा रहेको छ ।
FACEBOOK COMMENTS