कैलाली । आन्तरिक राजस्व विभागको स्टिकरसहित कैलालीमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा बस्ने १९ वर्षीय सञ्जित कुमार, सोही ठाउँ बस्ने २० वर्षीय रिङ्कु कुमार, २२ वर्षीय सुरेश कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगर बस्ने ४० वर्षीय राजकुमार शाह र पर्सा वीरगञ्ज नगरपालिका–१३ घन्टाघर बस्ने ५५ वर्षीय विजय गुप्ता छन् ।
आन्तरिक राजस्व बिभाग लेखिएको स्टिकर रोल ७७ (जम्मा स्टिकर संख्या २ लाख ८८ हजार ६७४), ७० यूपी ३०० एमएल लेखिएको छाप ३ थान, ३ थान स्ट्याम प्याड र मसीसहित गौरीगंगा नगरपालिका–७ बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।