काठमाडौं । रसुवामा आएको बाढीपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी फसेका छन् ।
टिमुरेस्थित भन्सार कार्यालय परिसर ९यार्ड० मा रहेका मानिसको उद्दार गर्न गएका ११ जना फसेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
हेलिकप्टरमार्फत उनीहरूको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरिएको उनले जानकारी दिए ।
बाढीले मितेरी पुल समेत बगाएको छ ।
FACEBOOK COMMENTS