काठमाडौं । रसुवामा भीषण बाढी आएपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बस्दै छ ।
केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने भएको हो ।
रसुवामा गएराति चीनतर्फबाट आएको भीषण बाढीपछि १८ जना बेपत्ता भएका छन् भने ९ जनाको उद्धार भएको छ । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ ।
बाढीले सुख्खा बन्दरगाहका सातवटा ईभी गाडीसमेत बगाएको छ भने रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कार्य जारी छ ।
FACEBOOK COMMENTS