काठमाडौं । तिब्बतबाट एक्कासी निकै ठूलो बाढी आएपछि नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् ।
थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको जनाइएको छ । साथै स्थलमार्गबाट पनि सेनाको टोली घटनास्थलतर्फ गएको छ ।
बाढीले निकै ठूलो जनधनको क्षति भएपछि गृह मन्त्रालयमा आपतकालिन बैठक सुरु भएको छ । बैठकमा सुरक्षा निकायका प्रतिनिधिहरु पनि सहभागी रहेको अनुमान छ ।