काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको असार ६ गते उद्घाटन गरिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले असार ६ गते फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
उद्घाटनसँगै फ्लाइओभरबाटै सवारीसाधन सञ्चालन हुने भएका छन् । गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालसहित सडक विभागका अधिकारीहरूले फ्लाइओभरको अनुगमन गरेका थिए ।
यो फ्लाइओभर आशिष समानान्तर रेलिगर जेभी काठमाडौंले निर्माण गरेको हो । १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा निर्माण सुरू भएको फ्लाइओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको थियो ।
FACEBOOK COMMENTS