काठमाडौं । ललितपुरको ग्वार्काेमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
आज बिहीबार बिहान साढे १० बजेको समयमा कोटेश्वरबाट ग्वार्काेतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी अन्दाजी ४० वर्षीय महिलाको ज्यान गएको छ ।
दुर्घटनामा परी घाइते भएका अन्य ६ जनालाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । बसका चालकलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।