काठमाडौं । नेपालको पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त एअरहोस्टेस एकेडेमी फ्लाइटेक इन्रनेशनलले ‘बेस्ट एअर होस्टेस इन्स्टिच्युट अफ नेपाल’ अवार्ड प्राप्त गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरको प्रस्तुती, लि–डिभाइन, भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसिएटमा बिहीबार काठमाडौंको र्याडिशन होटेलमा आयोजित ‘इण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ अन्तर्गत फ्लाइटेकले उत्कृष्टताको सो अवार्ड प्राप्त गरेको हो ।
समारोहकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, भारतकी प्रख्यात अभिनेत्री जय प्रदालगायतले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शाहरूख हुसेनलाई सो अवार्ड प्रदान गरेका थिए ।
समारोहमार्फत हुसेनसहित कला, साहित्य र संस्कृतिलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका र सामाजिक जीवनमा प्रसिद्धि कमाएका विभिन्न विधाका करिब चार दर्जन भन्दा बढी प्रतिष्ठित व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको थियो । जसमा नेपालबाट करिब तीन दर्जन बढी र भारतबाट करिब डेढ दर्जन बढी व्यक्तित्वहरूले अवार्ड प्राप्त गरेका छन् ।
फ्लाइटेक इन्टरनेशनल कस्तो संस्था हो ?
काठमाडौंको पुतलीसडकमा अवस्थित फ्लाइटेक इन्टरनेशनल एकेडेमी ‘आईएसओ ९००१एम२०१५’ प्रमाणित नेपालको नम्बर वान एअरहोस्टेस ट्रेनिङ एकेडेमी हो । नेपालको पहिलो अन्तर्राष्ट्रिय मान्यताप्राप्त एअरहोस्टेस एकेडेमी फ्लाइटेकले अग्रणी अन्तर्राष्ट्रिय र घरेलु एयरलाइन्सहरूका लागि एअरहोस्टेसहरू उत्पादन र आपूर्ति गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डहरूमा आधारित रहेर फ्लाइटेकले आफ्नो अध्यापनलाई अगाडि बढाउँदै आएको छ । यो संस्थाले पाएको अन्तर्राष्ट्रिय मान्यताले गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाको प्रतिबद्धतालाई समेत पुष्टि गरेको संस्थाका सीईओ शाहरूख हुसेन बताउँछन् । उनका अनुसार यो संस्थाले विद्यार्थीहरूलाई उनीहरूको डिग्री र क्रेडिटले विश्वभर स्वीकार्यता बढाएको छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाहरूको विश्वाससँगै फ्लाइटेक नेपालका विद्यार्थीहरूको पहिलो रोजाइ समेत बनेको उनको भनाइ छ ।
तालिम अवधि र पछि विद्यार्थीलाई दिइने सुविधा पनि देशकै उत्कृष्ट रहेको बताउँदै हुसेनले आफ्नै एयरक्राफ्ट–थीम क्लास कोठा रहेको फ्लाइटेक नेपालको एक मात्र संस्था भएको बताए ।
यी समाचारहरू पनि पढ्नुहोस्–
‘इण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न (तस्बिरहरू)
नेपाल महिला चेम्बरको प्रायोजनमा ‘कल्चर फेस्टा’ आयोजना (तस्बिरहरूसहित)
FACEBOOK COMMENTS