काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्ने क्रम बढेको छ ।
आगामी चैत २८ र २९ गते आयोजना गर्न लागिएको ६०औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व समेत चयन गरिने हुँदा आ–आफ्नो दाबी प्रस्तुत गर्ने क्रम बढेको हो । यस क्रममा ‘वेटिङ प्रेजिडेन्ट’ समेत रहेका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष हेमराज ढकालको समूहले भावी नेतृत्वका लागि आ–आफ्नो दाबी प्रस्तुत गर्न थालेका हुन् ।
यसबीचमा उपाध्यक्ष ढकालको समूहले नरेश लाल श्रेष्ठको नेतृत्वमा एसोसिएट, जिल्ला/नगर र वस्तुगत उपाध्यक्ष पदका उम्मेदवारहरू घोषणा गरिसकेको छ भने वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको समूहले शिव प्रसाद घिमिरेको नेतृत्वमा समूह निर्माण गरिरहेको छ । यद्यपि, औपचारिक घोषणा भने गरिएको छैन ।
प्राप्त सूचना अनुसार अञ्जन श्रेष्ठ समूहले वस्तुगततर्फको कार्यसमिति सदस्यको नाम टुङ्ग्याएको हो । जस अनुसार उपाध्यक्ष उम्मेदवारमा शिवप्रसाद घिमिरे, कार्यसमिति सदस्य उम्मेदवारमा राजकुमार कार्की, रबिन पुरी, अरनिको राजभण्डारी, वसन्तचन्द्र मरहठ्ठा, रघुनन्दन मारु, सुनिता न्हेम्हाफुकी, होमप्रसाद घिमिरे, विप्लव अधिकारी, धर्मराज सापकोटा, संघर्ष विष्ट, धनप्रसाद लामिछाने, राजेशभक्त श्रेष्ठ, सरस्वती राई, एवाबहादुर थापाले उम्मेदवारी घोषणा गर्ने छन् ।
FACEBOOK COMMENTS